![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विरुद्ध परेको रिटको सुनुवाइ आजका लागि स्थगित भएको छ ।
गभर्नर अधिकारीको विरुद्ध शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आइतबार स्थगित भएको हो ।
यसअघि ९ गतेका लागि पूर्ण सुनुवाइको लागि पेसी तोकिए पनि हर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो ।
तर, अधिकारीले दायर गरेको र अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर गरेको रिट आजका लागि स्थगित सूचीमा परेको हो ।
FACEBOOK COMMENTS