काठमाडौं । एअर इण्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन सुमित सभरवालसँग करिब तीन दशक विमान उडाएको अनुभव थियो । उनीसँग आठ हजार दुई सय घण्टाभन्दा बढीको उडान अनुभव थियो ।
क्याप्टेन सभरवाल उक्त उडानका सबैभन्दा वरिष्ठ क्रू सदस्य थिए । उनी लाइन ट्रेनिङ क्याप्टेन पनि थिए । यो पद केवल अति–अनुभवी पाइलटहरूलाई मात्र दिइन्छ, जसले युवा क्रू सदस्यहरूलाई प्रशिक्षण दिन्छन् ।
इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार ६० वर्षीय पाइलट सभरवालले अवकाश पाउन केही महिना मात्रै बाँकी थियो । अवकाशपछि उनी आफ्ना ८२ वर्षीय बुवासँग समय बिताउने योजना बनाइरहेका थिए । उनका बुवा नागरिक उड्डयन नियामक निकायका पूर्वअधिकारी थिए ।
सभरवालका एक छिमेकीले बीबीसीलाई भनेका छन्, ‘उहाँ धेरै नै सङ्कोची र अनुशासित व्यक्ति हुनुहुन्थ्यो । हामी प्रायः उहाँलाई बर्दीमा आउँदै–जाँदै गरेको देख्थ्यौँ ।’
विमानका सह–पाइलट तथा प्रथम अधिकारी क्लाइभ कुन्दरले करिब ११ हजार एक सय घण्टाको उडान भरेका थिए र उनीसँग ड्रीमलाइनर विमान उडाउने प्रमाणपत्र पनि थियो ।
FACEBOOK COMMENTS