काठमाडौँ । दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण, राष्ट्रिय राजधानीमा गम्भीर प्रतिबन्धहरू सहितको चौथो चरणको ग्रेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) लागू भएको छ ।
यो भयानक अवस्थालाई ध्यानमा राख्दै, दिल्ली सरकारले प्रभावित मजदुरहरूलाई आर्थिक सहयोग प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । दर्ता भएका मजदुरहरूले सिधै उनीहरूको बैंक खातामा १० हजारको आर्थिक सहयोग पाउनेछन् ।
प्रदूषण स्तरमा भएको खतरनाक वृद्धिलाई ध्यानमा राख्दै, जिअरएपीको चौथो चरण अन्तर्गत धेरै कडा उपायहरू लिइएको छ । दिल्ली सरकारले सबै सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई घरबाट काम गर्न अनिवार्य गरेको छ ।
दिल्लीका मन्त्री कपिल मिश्राले जीआरएपी ४ लागू भएको र सरकारले मजदुरहरूले सामना गर्ने कठिनाइहरू बुझ्दै दर्ता भएका मजदुरहरूले १० हजारको आर्थिक सहयोग दिने निर्णय गरेको बताएका छन् । यो रकम यस कठिन समयमा उनीहरूको जीविकोपार्जनलाई सहयोग गर्न सिधै उनीहरूको खातामा स्थानान्तरण गरिने उनले बताए ।
दिल्लीको लागि वायु गुणस्तर प्रारम्भिक चेतावनी प्रणाली अनुसार, बुधबार दिउँसो वायु गुणस्तर सूचकांक (एक्यूआइ) ३२६ रेकर्ड गरिएको थियो, जुन धेरै खराब श्रेणीमा पर्दछ ।
FACEBOOK COMMENTS