काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसको १४औ महाधिवेशन नजिकिदै गर्दा तरुण विभागले महाधिवेशन सफल बनाउन तरुण नेताहरुको परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम गर्ने भएको छ ।
काठमडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आगामी सोमबार (भदौ ७ गते) उक्त कार्यक्रम आयोजना गर्न लागिएको तरुण विभागले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिँदै छ ।
नेपाली कांग्रेसको १४औ महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने परिचयात्मक बृहत छलफल तथा गोष्ठीमा जनसरोकारका विषयहरु कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन, मन्त्रिमण्डल विस्तारमा ढिलाइ, प्राकृतिक बिपत्तिमा तरुण बिभागले पुर्याएको भूमिकाका बारेमा छलफल हुने छ ।
साथै तरुण विभागको भावी नीति र कार्यक्रमको बारेमा बृहत छलफल गरिने नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिले जानकारी दिएको छ । कार्यक्रममा देशभरका तरुण नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने पनि समितिले जनाएको छ ।
FACEBOOK COMMENTS