काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) बरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ र उनको समूहले प्यानल घोषणा गरेको छ। महासंघको निर्वान २९ गते हुँदैछ।
अञ्जन अहिले उपाध्यक्ष छन्। महासंघमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने ब्यवस्था छ। अहिलेसम्म रामचन्द्र संघाइ र उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन्।
बुधबार अञ्जन समूहले वाचापत्र सार्वजनिक गर्दै जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको जनाएको छ।
घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए।
नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।
महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे।
आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।
श्रेष्ठले सरकारले निजी क्षेत्रलाई निचोड्ने मात्र काम गरेको बताएका छन् । उनले सरकारले निजी क्षेत्रलाई प्राेत्साहन नभई निचोड्ने काम गरेको बताएका हुन् ।
‘सशक्त नेतृत्व चाहिएकाे छ , सबल नेतृत्व चाहिएको छ। सफल नेतृत्वका परिक्षण संकटकाे घेरामा हुन्छ याे संकटकाे घेरालाई पार गर्न नै मेराे उम्मेदवारी हाे। मराे परिवार साथी भाईकाे साथ सहयोगले नै यहाँ सम्म आईपुगेकाे हु । उहाँहरूकाे साथ सपाेट हुने थिएन भने म यहाँ हुने थिईन् हाेला’, कार्यक्रममा उनले भने ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।
अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए।
यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।
वाचापत्र Pratibaddhata 2079
हेडलाइनमा निचाेर्याे* हुनुपर्नेमा अन्यथा भएकाले सञ्चाइएकाे छ-सं
FACEBOOK COMMENTS