काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा भएको आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौँ रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा अन्नपूर्णले काठमाडौँलाई २५-२३. २८-२३ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो ।
यसअघि पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग पराजित भएको थियो । त्यस्तै पहिलो खेल जितेको काठमाडौँले भने दोस्रो खेलमा हार बेहोरेको छ ।
एनभीएल अन्तर्गत आजै दोस्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुदैछ ।