बुटवल । नेपाली काँग्रेसको अर्घाखाँची कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।
अर्घाखाँची काँग्रेसका सभापति केशव श्रेष्ठ र सचिव कृष्ण प्रसाद खनालले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।
विज्ञप्तिमार्फत अर्घाखाँचीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।
विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि काभ्रे, ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताइसकेका छन् ।
FACEBOOK COMMENTS