काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक शिथिलताका कारण कर्जा नियमित गर्न नसकेका लघुवित्तका ऋणीहरुलाई सहजीकरण गर्ने भएको छ ।।
केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लघुवित्त संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुको कर्जा पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको छ ।
यस्ता ऋणीहरुले कर्जा पुनर्संरचनाका लागि लघुवित्त संस्थामा आगामी चैतसम्म निवेदन दिएमा उनिहरुको कर्जालाई पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको हो ।
FACEBOOK COMMENTS