 
			                  			              
काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्धको टी–२० सिरिजको दोस्रो खेल जितेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले परजित गरेको हो ।
भारतले दिएको १२६ रनको लक्ष्यपछाएको अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ४६, ट्राभिस हेडले २८ र जोश इंगलिसले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले १८.४ ओभरमा अलआउट हुदै १२५ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले ६८ रन बनाएका थिए भने हर्षित रानाले ३५ रन बनाएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता हासिल गरेको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको तेस्रो खेल आइतबार होबर्टमा हुने तालिका रहेको छ ।
 
              
              
              
              		              
FACEBOOK COMMENTS