काठमाडौं । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले फिनटेक कम्पनीमा ५४ लाख रुपैयाँ चुक्ता पुँजी र एक करोड २७ लाख भन्दा बढी सेवाग्राही जोडिनु सामान्य कुरा नभएको बताएका छन् ।
आज बिहीबार आईएमईपे र खल्तीबीच एकीकृत कारोबार शुभारम्भ गर्दै उनले ५४ लाख रुपैयाँ चुक्ता पुँजी र एक करोड २७ लाख भन्दा बढी सेवाग्राही जोडिएको विषय अति महत्त्वपूर्ण रहेको भन्दै बलिया दुई फिनटेक कम्पनीबीचको मर्जरले सुरक्षित डिजिटल भुक्तानीमा नयाँ आयाम थपेको बताएका हुन् ।
‘खल्तीको जुन किसिमको क्रेज थियो योङ्गस्टारहरूमा (म एनपीएल जाँदा पनि खल्तीबाट टिकट काट्थेँ) । यता आईएमईको आफ्नो ब्राण्ड र भ्यालु थियो,’ उनले भने, ‘यो दुईवटाको मर्जले सिनर्जी प्राप्त गर्नेछ । अर्कोतर्फ ५४ करोड रुपैयाँका पुँजी र १२७ लाख वालेट प्रयोगकर्ता यी दुईवटा नम्बर जुन देखिएको छ त्योचाहिँ मेरो लागि अति महत्त्वपूर्ण भयो ।’
यस्तै, उनले नेपाल राष्ट्र बैंकको तर्फबाट सुरक्षित, सवल र भरपर्दो भुक्तानी प्रणाली हुनुपर्दछ भन्ने मान्यता रहँदै आएको चर्चा गर्दै भने, ‘नेपाल राष्ट्र बैंकको तर्फबाट सुरक्षित, सवल र भरपर्दो भुक्तानी प्रणाली हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । र मर्ज भएपछिका दिनहरूमा पनि कुनै पनि किसिमको फ्रड नहुनेगरीकन गर्न सक्नुहोस् । यदि कहिलेकाँही भयो भने पनि एक करोड २७ लाख भन्दा बढी प्रयोगकर्तालाई सम्झाउन वा बुझाउन सक्नेगरी क्षमता विकास गर्नुहोस् भन्ने मेरो सुझाव छ ।’
उनको थप धारणा भिडिओमा हेर्नुहोस्–
आईएमईपे र खल्ती डिजिटल वालेट एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । यी दुई वालेट मर्जरमा जानुअघि झण्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
फिनटेक क्षेत्रमा ठूलो सपनाको सुरूवात गर्यौँ, ‘नेक्स्ट लेभल’मा पुर्याउँछौँ : हेमराज ढकाल (भिडिओ)
चन्द्र ढकालले सम्झिए मेगासँग ‘मिटिङ बुक’ गरेर जनता बैंकसँग मर्जर टुङ्ग्याएको घटना (भिडिओ)
FACEBOOK COMMENTS