काठमाडौँ । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ ।
मंगलबार मण्डलको विराटनगरस्थित निवासमा निधन भएको हो । उनी नेपाल सद्भावना पार्टीका पूर्व कार्यवाहक अध्यक्ष पनि हुन् । पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र दुवैको विश्वास जितेर मण्डल पटक–पटक मन्त्री बनेका थिए ।
२०३८ सालमा अर्थ सहायक मन्त्री बनेका मण्डल २०४३ मा कानुन तथा न्यायमन्त्री बनेका थिए । २०६१ सालमा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उनी तेस्रो वरियतासहित उपप्रधानमन्त्री तथा कृषिमन्त्री बनेका थिए । २०५६ सालको निर्वाचनमा उनले मोरङ- ५ बाट कांग्रेस नेतृ शैलेजा आचार्यलाई पराजित गरेका थिए ।
गणतन्त्र स्थापनापछि राजनीतिबाट ओझेल परे पनि जीवनको उत्तरार्धमा पुनः सद्भावना पार्टी हुँदै राजावादी राजनीतिमा सक्रिय रहेका थिए ।
मण्डलका उनका दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् ।


FACEBOOK COMMENTS