हेटौडा । बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै अवस्था नरहेको दोहोराएका छन् ।
संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै अहिले राजीनामा दिनुपर्ने कारण नरहेको बताए ।मुख्यमन्त्री लामाले एकल सरकार भएको अवस्थामा संसदीय दलको नेता हुनुपर्ने जिकिर गर्दै संबिधानमा लेखेको अनुसार हुने बताए ।उनले भने- ‘राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । संबिधानले १६८ को धारा २ अनुसार बनेको सरकार भएकाले संसदीय दलको नेता हुनु पर्दैन ।
स्थिर सरकार होस् भन्नका लागि २ बर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिएको छ । संबिधानमा लेखिएको कुरा अनुसार नै हुन्छ । संबिधान भन्दा बाहिर कोहि पनि जानुहुदैन ।’बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो ।
FACEBOOK COMMENTS