काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् ।
बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट शिवराज अधिकारी मन्त्री बनेका छन् र उनको जिम्मेवारी तोकिएको छैन भने कृष्ण कुमार तामाङलाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ ।
दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन्। त्यस्तै मधुसुधन पौडेलले कृषि मन्त्रालय, भरत बहादुर केसीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा। दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
FACEBOOK COMMENTS