काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले राजनीतिक पार्टीहरूको पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका छन् ।
फोहोर बोक्ने गाडीका चार जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले राजनीतिक पार्टीहरूको पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका हुन् ।
‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन !’ बालेनले ट्विट गरेका छन् ।
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!
— Balen Shah (@ShahBalen) May 20, 2024
FACEBOOK COMMENTS