काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सी–फुड बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी–फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी–फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेकी हुन् ।
बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
FACEBOOK COMMENTS