काठमाडौं । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले लागू गरेको नयाँ ब्याजदर आजदेखि लागू हुने छ । साउन १ देखि लागू हुने गरी बैंक, विकास बैंक, फाइनान्स कमम्पनीले नयाँ ब्याजदर लागू गरेका छन् ।
नेपाल बैंकर्स संघले ब्याजदरमा हुँदै आएको भद्र सहमति अन्त्य गरेपछि बैंकहरुले आफैले व्यक्तिगत तथा संसथागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गरेका छन् । वाणिज्य बैंकहरुले साउन महिनाको लागि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । यस्तै विकास बैंकले पनि नयाँ ब्याजदर निर्धारण गरेका छन् ।
आजदेखि लागू हुने गरी केहि बैंकले निक्षेपको ब्याजदर बढाएका छन्, भने केहिले घटाएका छन् । केही बैंकको ब्याजदर भने स्थिर रहेको छ ।
नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज बढाएका छन् । जस अनुसार एनएमबि बैंकको ब्याजदर सबैभन्दा बढी भएको छ । एनएमबि बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। त्यस्तै प्राइम कर्मशियल बैंकले १०.९३ प्रतिशत ब्याज तोकेको छ भने नबिल बैंकले १०.४९ प्रतिशत ब्याज तोकेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक,नेपाल एसबिआई बैंक, हिमालयन बैंक, र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् । यी बैंकको ब्याजदर साविक कै ९.९९ प्रतिशत रहेको छ ।
त्यस्तै सानिमा बैंक,कृषि विकास बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक ,प्रभु बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याज घटाएका छन् । जस अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबै भन्दा कम ८.९५ प्रतिशत कायम भएको छ। राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको ब्याजदर ८.९९ प्रतिशत, तथा माछापुच्छ्रे बैंकको ब्याजदर ९ प्रतिशत कायम भएको छ ।
FACEBOOK COMMENTS