काठमाडौं । वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात घट्दो क्रममा रहेको छ । अर्थतन्त्रले विस्तारै गति लिँदै गएकाले कर्जा असुलीमा सुधार देखिन थालेपछि निष्क्रिय कर्जाको अनुपात घट्न थालेको हो । यस्तो कर्जा अनुपात न्यून हुनु भनेको बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको भन्नेलाई बुझाउँछ ।
राष्ट्र बैंकले पुस २०८० देखि वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात तथ्यांक संकलन गरी प्रकाशित गर्न थालेको थियो । २०८० असार मसान्तमा औसतमा २.९८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा गत चैत मसान्तमा आउँदा ३.८९ प्रतिशत र असारमा ३.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चैतको तुलनामा असारमा निष्क्रिय कर्जा अनुपातमा केही सुधार देखिएको छ । आव २०८०–८१ मा २० वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै १.९६ प्रतिशत छ । ऊक्त बैंकको कुल निष्त्रिय कर्जा भने ४.७२ प्रतिशत छ ।
त्यस्तै, कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा ०.४८ प्रतिशतमात्रै छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । यस्तै, हिमालयन बैंकको कुल निष्क्रिय कर्जा ४.९१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.०४ प्रतिशत छ ।
२०८१ असार मसान्तमा नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा सबैभन्दा कम ०.२ प्रतिशत माक्रै रहेकको थियो । बैंकको कुल निष्त्रिय कर्जा भने २ प्रतिशत रहेको छ । यस्तै कुल निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको एभरेष्ट बैंकको खुद निष्क्रिय कर्जा ०.२६ प्रतिशत छ । कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा भने ०.४८ प्रतिशतमाक्रै छ ।
सानिमा बैंकको कुल निष्त्रिय कर्जा १.७३ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशत रहेको छ । नेपाल बैंकको कुल निष्क्रिय कर्जा ३.२८ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ । २.२२ फ्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थ बैंकको खुद निष्त्रिय कर्जा ०.७७ प्रतिशत छ ।
त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल निष्क्रिय कर्जा २.१४ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.९४ प्रतिशत छ भने ४.९१ फ्रतिशत कुल निष्क्रिय कर्जा रहेको हिमालयन बैंकको खुद निष्त्रिय कर्जा अनुपात १.०४ प्रतिशत छ । यस्तै, प्रभु बैंकको कुल निष्क्रिय कर्जा ४.७८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशत छ । नबिल बैंकको कुल निष्क्रिय कर्जा ३.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत छ, तर खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ३.६५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२५ प्रतिशत छ भने एनएमबि बैंकको कुल निष्क्रिय कर्जा ३.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत छ । कृषि विकास बैंकको कुल निष्क्रिय कर्जा ३.४४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत र प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.६७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.४५ प्रतिशत छ ।
माछापुच्छ्रेको कुल निष्क्रिय कर्जा ४.६३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५५ प्रतिशत तथा ग्लोबल आइएमईको कुल निष्क्रिय कर्जा ४.३७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५७ प्रतिशत छ । त्यसैगरी सिटिजन्स बैंकको कुल निष्क्रिय कर्जा ४.०७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५८ प्रतिशत, एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.४१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ । लक्ष्मी सनराइजको कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.९६ प्रतिशत छ ।
FACEBOOK COMMENTS