काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले थेयाङ हान्गुल ईन्स्टिच्युटमा कोरिया भाषा पढदा २५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले ललितपुरको ग्वार्कोमा रहेको ईन्स्टिच्युटमा पढ्दा उक्त छुट पाउने भएका हुन् । नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक ९ हजार भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।
ईन्स्टिच्युटले दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको बैैंकले जनाएको छ ।
FACEBOOK COMMENTS