काठमाडौं– गुन्डा नाइकेका रूपमा चिनिने राजु गोर्खाली अर्थात् राजेन्द्रबहादुर गोर्खाली आइतबार पक्राउ परेका छन्।
काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
कांग्रेस निकट गोर्खालीको गत आमनिर्वाचनमा सिन्धुपाल्चोक– २ बाट टिकट सिफारिस भए पनि उनी उम्मेदवारीबाट भने बञ्चित भएका थिए।
FACEBOOK COMMENTS