काठमाडौं, ८ भदौ । गैरनाफामूलक संस्था नेपाल एम्बुलेन्स सेवा (एनएएस) १०२ का निवर्तमान अध्यक्ष रञ्जित आचार्यले संस्थाका नयाँ अध्यक्ष डा. प्रदीप वैद्यलाई ब्याटन हस्तान्तरण गरेका छन् ।
तीन वर्षको कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष आचार्यको सम्मानमा हिजो सोमबार आयोजित विशेष कार्यक्रममा अवसरमा उनले अध्यक्ष वैद्यलाई ब्याटन हस्तान्तरण गरिएको हो ।
एनएएस गैरनाफामूलक संस्था हो, जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ । सो स्थापनाले हरेक बिरामीको तीव्र यातायात र उपचारका लागि रेडियो सञ्चारको साथ एक सेन्टर्ल डिस्प्याचको सुविधाकामार्फत एक पूर्ण रुपमा मेडिकल्ली सुसज्जित ईएमटी कर्मचारीले सु-सम्पन्न एम्बुलेन्सको सञ्चालन गर्दै आएको संस्थाको दाबी छ ।
नेपाल एम्बुलेन्स सेवाले आफ्नो १० वर्षको अपरेशनमा ७ हजार भन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गरेको छ र ६० वटा सफल जन्म एम्बुलेन्सभित्र भएको संस्थाले जानकारी दिएको छ । एनएएसले सबै राष्ट्रिय प्रकोप र संकटको समयमा महत्वपूर्ण आपतकालीन सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS