काठमाडौं । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै भेटायोले प्रतिसिटर ६०० रुपैयाँमा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकको समयको बचत हुनाका साथै श्रमको झन्झटबाट छुटकारा दिलाउनेछ ।
दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ । लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ । जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ ।
भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेण्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँजस्तै चम्किलो बनाइन्छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ । सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ ।
सेवा बुकिङ प्रक्रिया–
सेवा बुक गर्न ‘भेटायो’ मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टर (फोन नं. : ९८०१०८८०८०) मा सम्पर्क गर्न सकिन्छ । ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि तोकिएको समयमा भेटायोको टोलीले घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्छ ।
अन्य सेवाहरू–
यसैगरी, भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन्, जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ, ड्राइभर सेवालगायत अन्य धेरै सेवाहरू समावेश छन् ।
FACEBOOK COMMENTS