काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट निकालिएको छ । प्रहरी प्रधान कार्यालयले सबै जनालाई एकैपटक जिम्मेवारीबाट हटाएको छ ।
सोमबार लघुवित्त वित्तीय संस्थाका ऋणीहरु संसद् भवन भित्र प्रवेश गरेपछि उनीहरुलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ । उक्त स्थानमा नयाँ सुरक्षा टोली खटाइएको बताइएको छ ।
उक्त घटनाका विषयमा छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत बताइएको छ ।
समितिमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेका छन् । संसद् भवनभित्र आज ४९ जना लघुवित्त पीडित प्रवेश गरेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS