काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिनमा नेपाल र नेपाली जनताको पक्षमा निरन्तर क्रियाशील रही समृद्धिका लागि एकताबद्ध हुनुपर्ने बताएका हुन्।
“नेपालीको लागि एउटा कोशेढुङ्गा सावित भएको राष्ट्रिय प्रजातन्त्र दिवसको जगमा उभिएर नेपालीलाई बहुदल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो ।
सम्पूर्ण सहिदहरूको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर सङ्घर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई मिल्ने छ भन्ने मैले विश्वास लिएकी छु । प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, पूर्वराष्ट्रपति भण्डारीले एक्समा लेखेका छन्।
FACEBOOK COMMENTS