काठमाडौं । अर्बपति बिनोद चौधरी पनि प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको चुनाव लड्ने भएका छन् ।
उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.१ बाट चुनाव लड्ने भएका हुन्। नेपाली कांग्रेसले उनलाई टिकट दिएको हो । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । चौधरी यस अघि नेपाली कांग्रेस कै समानुपातिक सांसद थिए ।
२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् ।
FACEBOOK COMMENTS