काठमाडौं । विपिन जोशीको शव आज काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहितले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
आजै केही बेरमा विपिनको शव धनगढी लगिने भएको छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार गरिने छ ।
इजरायलले आइतबार औपचारिक रूपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमतिअनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो ।
इजरायली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केही महिनामै गरेको बताएको छ ।
FACEBOOK COMMENTS