काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले सोमबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन ।
उनले हाल निजी क्षेत्र सुस्त रहेको, आन्तरिक माग कमजोर बनेको र आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसकेको बताए । यस्तो अवस्थामा सरकारले केही करका दर घटाउने निर्णय गरेको उल्लेख गर्दै उनले यसबाट स्वदेशी उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले उपभोक्ताको क्रयशक्ति वृद्धि गर्न सके उद्योग व्यवसायको गतिविधि विस्तार हुने र अर्थतन्त्रले गति लिने बताए । आन्तरिक बजारको माग बढेमा उत्पादन, रोजगारी तथा लगानी समेत बढ्ने सक्ने उनको भनाई छ ।