काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार बुक क्लोज गर्नेछन् । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
माउन्टेन इनर्जी नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत १३ गते सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमामा हुनेछ । नेसनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने प्र्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले चैत १६ गते साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्टमा हुनेछ ।
FACEBOOK COMMENTS