काठमाडौं । लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका छन् । बिहीबारदेखि अन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरुले माग पुरा नभएसम्म टिएमएस बन्द गरेर आन्दोलनमा उत्रन आग्रह गरेका छन् ।
लगानीकर्ताहरुले सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि आन्दोलनको घोषणा गरेका हुन । सोहि क्रममा बिहीबार लगानीकर्ताहरुले ब्रोकर एशोशियसनलाई समेत ज्ञापन पत्र बुझाएर टिएमएस बन्द गरी आन्दोलनमा उत्रन आग्रह गर्ने भएका हुन् ।
यस्तै केहि लगानीकर्ता ज्ञापत्र पत्र बुझाउन धितोपत्र बोर्ड समेत पुगेका छन् । उनीहरुले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि कायम गरिएको ५ प्रतिशत र साढे ७ प्रतिशत करलाई नै अन्तिम कर मान्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
यस्तै बाँकी सयौका सँख्यामा रहेका लगानीकर्ता भने नेप्से घेराउको लागि जाने भएका छन् । सबै लगानीकर्ताहरु नेप्से घेराउको लागि जाने र आफ्नो माग सम्बोधन गराउन दबाव दिने भएका हुन ।
FACEBOOK COMMENTS