वासिङ्टन डिसी । हलिउडका चर्चित अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको सम्बन्धविच्छेदको मुद्दा अन्ततः आठ वर्षपछि टुंगिएको छ। जोलीका वकिलले यसबारे पुष्टि गर्दै सञ्चार माध्यमलाई जानकारी दिएको बीबीसीले जनाएको छ।
पिटका वकिलले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। जोली र पिटले लामो समयको सम्बन्धपछि सन् २०१४ मा विवाह गरेका थिए। तर, जोलीले सन् २०१६ मा मिलाउनै नसकिने मतभेदु का कारण सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया थालेकी थिइन्। त्यसपछि छ जना सन्तानको अभिभावकत्वको विषयलाई लिएर यी दुईबीच विवाद गहिरिएको थियो।
सन् २०२१ मा एक न्यायाधीशले दुबैलाई सन्तानको ‘संयुक्त कस्टडी’ दिने निर्णय सुनाएका थिए। जोली र पिटको प्रेम सम्बन्ध सन् २००५ मा चलचित्र मिस्टर एन्ड मिसेज स्मिथ को छायांकनको क्रममा सुरु भएको थियो। यो पिटको दोस्रो र जोलीको तेस्रो विवाह थियो।
FACEBOOK COMMENTS