काठमाडौं । सहकारी ठगीमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज भैरहवा लैजाने तयारीका बीच काठमाडौंबाट सोही गन्तव्य (भैरहवा) तर्फ प्रस्थान गरेको बुद्ध एअरको विमान पोखरामा अवतरण गरेकाे छ ।
खराब मौसमका कारण ९ एन-एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका अधिकारीले बताएका छन् ।
खराब मौसमका कारण मंगलबार भैरहवा विमानस्थल खुल्न सकेको छैन । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा लैजान खोजिए पनि भैरहवाको आकाश नखुलेका कारण विमान उड्न ढिला भइरहेको छ ।
FACEBOOK COMMENTS