काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको ४ र ५ वडामा बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बन्ने भएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाट क्षमतामा विद्युत उत्पादन गर्ने भएको हो ।
कम्पनीले आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार आयोजना निर्माणका लागि १४ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त आयोजना निर्माण भइसकेपछि १३.०५ प्रतिशत आन्तरिक दर प्रतिफल रहेको जनाएको छ ।
आयोजनाबाट वार्षिक प्रतिघण्टा ४५९.५४६ गिगावाट विजुली उत्पान गर्नेछ । जसमा सुख्खा मौसममा वार्षिक १३९.३११ गिगावाट आवर उर्जा र वर्षा मौसममा ३२०.२३५ गिगावाट आवर उर्जा उत्पादन गर्नेछ ।
आयोजनामा ३ वटा जेनेरेटर हुनेछ । उक्त जेनेरेटरको आवृति ५० हर्ज र ५०० आरपीएम गति हुनेछ भने ९८ प्रतिशत जेनेरेटरको कार्यकुशलता हुनेछ ।
कम्पनीअनुसार आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS