काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडी विश्वको शिर्ष १० अटोमोबाइल कम्पनीमा सामेल भएको छ।
बिक्रीका आधारमा बिवाइडीले विश्व चर्चित मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पारेको हो।
२०२३ को पहिलो ६ महिनामा बिवाइडी बिक्री ९६ प्रतिशत भएको थियो। कम्पनीले यो अवधिमा १२ लाख ५० हजार गाडी बिक्री गरेको थियो।
बिवाइडीले लगातार आफ्नो रेकर्ड तोड्दै २०२३ अगस्टमा मात्र २ लाख ७४ हजार ३ सय ८६ गाडी बिक्री गरेको थियो। कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार पहिलो ६ महिनामा ७२.७२ प्रतिशत बिक्री बढाइ ३५ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो।
पछिल्लो समय नेपालमा पनि बिवाइडीको लोकप्रियता बढिरहेको छ। पछिल्लो समय बिवाइडी एट्टो ३ नेपाली अटो बजारमा चर्चित छ।
बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले केही समयमै नेपाली बजारमा डल्फिन सार्वजनिक गर्दै छ।
FACEBOOK COMMENTS