काठमाडौं । इलेक्ट्रिक गाडी इभी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सी टेन अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ ।
यसले नेपालमा बढ्दो मागसँगै उच्च–स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ । यस उपलब्धिलाई उत्सवको रूपमा मनाउन, भरतपुर, चितवनस्थित होटल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो । र यसैबीच ओजोन मोटर्सद्वारा दशवटा लिपमोटर सी टेन गाडी वितरण गरिएको थियो ।
लीपमोटर सी टेन ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीहरूका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ । यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले ‘सि टेन’ लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको छ ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ । यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ । लीपमोटर ‘सि टेन’ एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालि, रिजल चोक, भरतपुर, चितवनमा उपलब्ध छ ।
FACEBOOK COMMENTS