काठमाडौं, ८ वैशाख । ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’को दोस्रो दिन प्रडक्ट लञ्चिङ र इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड देखिएको छ ।
सूचना तथा सञ्चार प्रविधि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित हिजो बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलामा आज दोस्रो दिन उल्लेख्य अवलोकर्ताको आगमन रहेको कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जानकारी दिएको छ ।
महासंघका अनुसार बिहीबार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायतका प्रडक्टहरूमा अवलोकनकर्ताको भीड देखिएको थियो । यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युृटर, प्रिन्टर, कम्प्युटर एसोसेरिज, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको थियो ।
त्यस्तै स्टार्टअप र इन्नोभेसनसम्बन्धी नयाँ–नयाँ प्रडक्ट र आइडियाहरूमा पनि अवलोकनकर्ताहरूको भीड लागेको थियो । इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धनलाई महासंघले विशेष प्राथमिकता दिएको बताएको छ । त्यसका लागि महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य समेत गरेको जानकारी दिएको छ । आईटी कलेज, बैंक बीमा तथा लेखासम्बन्धी सफ्टवेयर र सोलुशनमा पनि आगन्तुकहरूको आकर्षण देखिन्थ्यो ।
आगामी सोमबारसम्म जारी रहने इन्फोटेकको प्लाटिनम प्रायोजक वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर प्रायोजकमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।
त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।
इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ ।
यो पनि पढ्नुहोस्–
सम्पादकीय : क्यान इन्फोटेकलाई हेर्ने मात्र होइन बुझ्ने प्रयत्न गरौँ
FACEBOOK COMMENTS