काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ ।
महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति जुटिसकेको छैन । संस्थापन इतरबाट वरिष्ठ नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दाबी गरिरहेका छन् ।
आगामी मंसिरमा हुन गइरहेको नेकपा (एमाले) को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।
वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।
कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । थापाले सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आसन्न महाधिवेशनमा महामन्त्री पदमा उठ्ने औपचारिक घोषणा गरेको आजको छ ।
फेरि महामन्त्री उठ्ने गगन थापाको घोषणा
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । थापाले सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आसन्न महाधिवेशनमा महामन्त्री पदमा उठ्ने औपचारिक घोषणा गरेका हुन् ।
‘आफ्नै क्षेत्रको वडामा आयोजित कार्यक्रमबाटै घोषणा गरें, १४औं अधिवेशनमा म महामन्त्री पदमा उठ्छु,’ नेता थापाले औपचारिक रूपमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे बोल्दै भने । उनी यसअघि २०७२ सालमा भएको १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए । त्यसबेला उनी शशांक कोइरालासँग पराजित बनेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS