काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।
दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरे ।
चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्विर्राष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
७३औं वार्षिक साधारण सभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।
७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनितबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
थप जानकारीका लागि तल दिइएको लिंक क्लिक गर्नुहोस्–
नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति सर्वसम्मत (सूचीसहित)
नेपालमा लगानी आकर्षित गर्न अझै सकिएन, आगामी बजेट सर्वोत्तम बनाउनुपर्छ : राजेन्द्र मल्ल
रेमिट्यान्स र वैदेशिक अनुदानले मात्रै देश अघि बढ्दैन्ः परराष्ट्रमन्त्री श्रेष्ठ
FACEBOOK COMMENTS