काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ । शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ ।
त्यस्तै राउण्ड १६ मा पिएसजीले चेल्सीको सामना गर्ने भएको छ भने स्पोर्टिंग सिपिले बोडो–ग्लिम्टको सामना गर्ने छ । त्यस्तै लिभरपुलले गालाटासारेको सामना गर्ने छ भने न्यूक्यासलले बार्सिलोनाको सामना गर्ने भएको छ ।
त्यस्तै एटलेटिको म्याड्रिडले टोटनह्यामको सामना गर्ने छ भने आर्सनलले बायार लिभरकुसेनको सामना गर्ने भएको छ । त्यसैगरी एटलान्टा र बायर्न म्युनिखको सामना गर्ने भएको छ । अब राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ ।
FACEBOOK COMMENTS