काठमाडौं । मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दु:ख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय व्यक्तिको दादागिरीका कारण तहसनहसको अवस्थामा पुगेको छ ।
केन्द्रलाई अहिले कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले तहस नहस बनाएका छन् । निर्देशक अधिकारीले बोर्डको निर्णय नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम आफैं गर्ने गरेका छन् ।
मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुन:स्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरूपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुल उद्देश्य लिइ २०५२ सालमा स्थापना भएको अस्पताल अहिले राजनीतिक भर्ती केन्द्र समेत बनेको छ । जसका कारण निर्देशक अधिकारीको दादागिरी समेत बढेको हो ।
आफ्नो मनोमानीमा बाधक बनेको महसुस गरी उनले पहिला डा. रवि मल्ल र त्यसपछि डा. अरुण मास्केलाई हटाउने प्रयत्न गरिरहेका छन् । निर्देशक अधिकारीका लागि यी दुईजना डाक्टर तगारोझैं बनेका छन् ।
जबसम्म यी दुई सिनियर डाक्टर रहन्छ तबसम्म गंगालालमा आफू अनुसारको ठेक्का–पट्टा लगाउन नसक्ने भएकाले जसरी पनि यी दुई जना डाक्टरलाई वर्हिगमन गराउन तल्लिन छन् । अधिकारीले बोर्डको निर्णयलाई कुल्चिदै डा. रवि मल्ललाई अवकाश दिए ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मल्ललाई ६३ वर्षको उमेरसम्म कामकाज गर्न दिने गंगालाको बोर्ड बैठकको निर्णयलाई नै मान्यता दिने भन्ने आदेश दिएपछि अधिकारीले मल्ललाई काम गर्न त दिए तर सेवा सुविधाबाट वञ्चित गरेर राखेका छन् ।
२०७९ साल असारमा बसेको बोर्ड बैठकले केन्द्रको नियमावली संशोधन गर्दै सेवामा प्रशासनिक कर्मचारीको हकमा ६० वर्ष र प्राविधिक विशेषज्ञ चिकित्सकहरूका लागि ६३ वर्ष कायम गरिएको थियो । एउटै प्रकृतिको अवकास दिन नमिल्ने पत्र हुँदाहुँदै निर्देशक अधिकारीले डा. अरुण मास्केमाथि पनि अवकास पत्र थमाएका छन् ।
अधिकारीसँग कर्पोरेट खबरले यस विषयमा सम्पर्क गर्न खोज्दा सम्र्पकमा आउन चाहेनन् । स्वास्थ्य मन्त्रालयको कुरा समते सुन्न छाडेर उनी अराजकताको पराकाष्टा बनेको अस्पताल स्रोत बताउँछ । उनको यो अराजक व्यहारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भविष्य कता जाने हो भने र त्यहाँका डाक्टरहरु अहिले चिन्तित बनेका छन् । उनले बेला बेलामा बाबाहरु समेत ल्याएर अस्पतालमा साईन्सलाई मात दिने टुनामुना समेत गर्ने गरेका छन् ।
FACEBOOK COMMENTS