काठमाडौं । जापान सरकारले देशमा बालबालिकालाई अनौठो नाम दिन प्रतिबन्ध लगाएको छ ।
जापानका धेरै अभिभावकहरूले आफ्ना बालबालिकालाई नाइके, पिकाचु वा पुडिङ जस्ता अनौठा र फरक नाम दिन थालेका छन् । यस्ता नामहरूलाई जापानमा ‘किराकिरा नाम’ भनिन्छ, जसको अर्थ चम्किलो वा धेरै फरक हुन्छ ।
नयाँ नियमअन्तर्गत आमाबाबुले अब आफ्ना बालबालिकालाई त्यस्ता कुनै पनि नाम दिन सक्ने छैनन्, जसको उच्चारण बुझ्न गाह्रो होस् । यदि कुनै नामको सही उच्चारण पढेपछि बुझिएन भने अधिकारीहरूले यसलाई रद्द गर्न सक्छन् । सरकारले पढ्न र बुझ्न सजिलो होस् भन्ने ध्येयले यस्तो व्यवस्था गरेको हो ।
पछिल्ला केही वर्षहरूमा यस्ता अनौठा नामहरूको सङ्ख्या बढेको छ, त्यसैले यो कदम चालिएको हो । केही मानिसहरू यो नयाँ नियमले आमाबाबुको स्वतन्त्रता खोसेको बताएका छन् । उनीहरूले आफ्ना बच्चा नाम राख्ने अधिकार सरकारले खोसेको दाबी गरेका छन् ।
तर, धेरै मानिसहरू यो निर्णयको पक्षमा पनि छन् । अनौठा नामका कारण बालबालिकालाई स्कुलमा जिस्क्याउने वा सरकारी काममा समस्या आउन सक्ने उनीहरूको तर्क छ ।
FACEBOOK COMMENTS