काठमाडौँ । चोभार सुख्खा बन्दरगाहमा भुक्तानीका सबै माध्यमबाट प्रयोग गरेर वस्तु आयात गर्न मिल्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै भुक्तानीका सबै माध्यम प्रयोग गरेर आयात गर्न मिल्ने व्यवस्था गरेको हो ।
यसअघि, चोभार सुख्खा बन्दरगाहमा ‘अ लेटर अफ क्रेडिट’ (एलसी) खोलेर मात्रै आयात गर्न पाउने व्यवस्था थियो ।
एलसी भन्नाले विदेशी कम्पनीसँग नेपालका आयातकर्ताले वस्तु आयात गर्न अर्डर दिँदा बैंक ग्यारेन्टी हो ।
तर, चोभार बन्दरगाहमा एलसी बाहेक अन्य भुक्तानीका माध्यमबाट वस्तु आयात गर्न सकिँदैनथ्यो ।
अब भने टेलिग्राफिक ट्रान्सफर (टीटी), स्ट्याण्डबाई लेटर अफ क्रेडिट (एसबीएलसी), डेलिभरी एट प्लेस (डीएपी) र डकुमेन्ट्स एगेन्स्ट एसेप्टेन्स (डीएए) माध्यमबाट समेत आयात/निर्यात गर्न सकिने व्यवस्था गरिएको हो ।
करिब डेढ खर्ब रुपैयाँको लागतमा बनेको चोभार सुख्खा बन्दरगाहमा आयातकर्ता र निर्यातकर्ता आकर्षित बन्न सकेका छैनन् ।
आयातकर्ता र निर्यातकर्ता आकर्षीत गर्ने लक्ष्यसहित भन्सार विभागले अन्य भुक्तानीका माध्यमबाट समेत आयात–निर्यातको व्यवस्था गर्ने तयारी थालेको थियो ।
केन्द्रीय बैंकको व्यवस्थासँगै भने अब सबै भुक्तानीका माध्यममार्फत वस्तु आयात र निर्यात गर्न सकिने भएको छ ।
FACEBOOK COMMENTS