काठमाडौं । तपाइँलाई काठमाडौंको जाम देखेर महत्वपुर्ण कामका लागि पनि घरबाहिर निस्कन गारो लाग्न सक्छ । बल्ल बल्ल निस्कनुभयो भने पनि काम पूरा होला कि नहोला भन्ने चिन्ताले सताउन सक्छ । त्यसमाथि बैंक खाता खोल्दा बैंकले माग्ने कागजात र लामो विवरणको फाराम भर्नुपर्ने चिन्ता अझ छुट्टै हुन्छ । तर, अब बैंक खाता खोल्न तपाईँले कुनै चिन्ता लिन पर्दैन ।
किनभने नेपालकै लोकप्रिय बैंक सिटिजन्स बैंक इन्टरनेशनलले तपाइँको बैंक खाता घरमै बसी बसी खोल्न मिल्ने बनाएको छ ।डिजिटल बैंकलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकमा अनलाइनबाटै र आफ्नै समयमा बैंक खाता सहजै खोल्न सकिन्छ ।
सम्भवत: अधिकांश गाउँपालिका र नगरपालिकाहरुमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएसँगै सिटिजन्स बैंकले त्यसको भरपूर फाइदा उठाउँदै आफ्ना ग्राहकहरुलाई समेत सहज बनाउँदै आएको छ ।
कसरी खोल्ने सिटिजन बैंकको अनलाइन खाता ?
सुरुमा बैंकको वेबसाइटमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरिसकेपछि तपाईँले अनलाइन प्रडक्ट लेखेको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा फेरि एकपटक क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ रहेको अनलाइन एकाउन्ट ओपनिङको अपसनमा गई क्लिक गर्नुहोस् ।
त्यहाँ गइसकेपछि त्यहाँ रहेको कुनै एक अप्सनमा क्लिक गरी आफुले खोल्न चाहेको खातामा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले खाता खोल्न आवश्यक कागजातको विवरण देख्न सक्नुहुने छ ।
त्यसमा आफ्नो नाम, जन्म मिति, इमेल एड्रेस, फोन तथा मोबाइल नम्बर, मुलुक लगायतका विवरण भर्नुहोस् । फारामको अन्तिममा दिइएको क्याप्चालाई अगाडिको बक्समा जस्ताको त्यस्तै टाइप गर्नुहोस् र प्रोसेसिङ टु अकाउण्ट ओपनिङ फर्म बटनमा क्लिक गर्नुहोस् ।
त्यसपछि तपाईले फर्म भर्दा राख्नु भएको ईमेलमा ओटीपी कोड आउँछ । ईमेलमा आएको लिङ्कमा क्लिक गरेपछि आएको ओटीपी राखि सबमिट गर्नुपर्छ ।
ओटीपी भ्यालिडेट भएपछि व्यक्तिगत जानकारी, पेशागत विवरण, परिचय प्रमाणीकरण लगायतका विवरण भर्न तथा स्क्यान कपी अपलोड गर्न एउटा निर्देशिका सहितको प्रक्रिया तपाईंले पढ्न पाउनु हुने छ ।
आएका सबै विवरण प्रमाणीकरण भएपछि तपाईंले बैंकको टर्म्स एण्ड कण्डिसन एसेप्ट गर्नुपर्ने हुन्छ । यससँगै खाता खोल्ने आवेदन बैंकमा जानेछ । यसरी अनलाइन फाराम भर्ने प्रक्रियालाई बीचैमा ड्राफ्टको रुपमा सेभ गर्न समेत सकिन्छ । यसबाट बीचको कुनै चरणलाई पछि भर्न समेत मिल्छ ।
तपाईंका सबै विवरण प्रमाणीकरण गरिसकेपछि बैंकले तपाईंको खाता खोलिदिनेछ । तपाईँले यसरी बैंक खाता खोल्दा पासपोर्ट साइजको फोटो, नागरिकता अथवा पासपोर्टको फोटोकपीको इलेक्ट्रोनिक कपि तयार पार्नु पर्दछ ।
कोभिड १९ को महामारीको समयमा बैंकमा हुने भिडभाड कम गर्दै संक्रमणको जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बैंकले यस्तो सुविधा सुरु गरेको थियो । यो सुबिधा लोकप्रिय बन्दै गएपछि बैंकले थप सहज बनाउँदै निरन्तरता दिँदै आएको बताएको छ ।
FACEBOOK COMMENTS