काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । कम्पनीले ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर २४४ रुपैयाँका लागि सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन पदन सकिने छ । आईपीओको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS