काठमाडौं। सिटिजन लाइफ इन्योरेन्स कम्पनीको व्यतीत बीमालेखमा नवीकरण गर्दा बिलम्ब शुल्कमा शत प्रतिशत छुट पाइने भएको छ।
कम्पनीबाट जारी भएका बीमालेखहरु चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुट दिन लागेको कम्पनीले जनाएको छ।
यो सुविधा जेठ ७ गतेदेखि असार १५ गतेसम्म लागु हुनेछ। यो विलम्ब शुल्क बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ।
बीमालेखमा उल्लेखित सामान्य सर्तहरु यथावत निरन्तर रहने कम्पनीले जनाएको छ।