काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कार्डबाहकहरुले एनपीआई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच सो सम्बन्धी हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनुका साथै यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ भने मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल ९यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले जनाएको छ ।
१७४ वटा शाखा, १२५ वटा एटीएम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS