काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२र८३ मा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरेको छ ।
सातवटै प्रदेशमा रहेका आफ्ना १४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो । बैंकको कोसी प्रदेशका २०, मधेसका २१, वाग्मतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्पत विभिन्न वर्गलाई वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरिएको हो ।
यसबाट करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा विस्तृत प्रकाश पारिएको छ ।
यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।