काठमाडौं । सिटिजन्स बैंकले चोभारस्थित मन्जुश्री पार्कमा बृहत् वृक्षरोपण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व वातावरण दिवस–२०२५ को अवसरमा आज शनिबार विभिन्न प्रजातिका करिब १,२८५ वटा बिरुवा रोपिएको बैंकले जनाएको छ ।
वृक्षरोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको उपस्थिति थियो ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौँ र हरेक वर्ष स्मार्ट बचत खाता ‘१ खाता, १ रुख’ अभियानअन्तर्गत रुखहरू रोप्ने प्रण गर्दछौँ ।’
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवम् मठमन्दिरहरूमा समेत सहयोग गरिसकेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधासमेत ल्याएको छ, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS