काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियन सिप खेल्ने टिमको घोषणा गरेको छ ।
आइतबार एन्फाले २३ सदस्यीय महिल यू–१७ टिमको घोषणा गरेको हो । अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियन सिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् ।
हरेक देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ । नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
नेपाली खेलाडी गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन् ।
डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक । मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल । फरवार्ड: अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।
FACEBOOK COMMENTS