विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ ।
भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन् ।
नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादका क्रममा इतर समूहले प्रदेश स्तरीयभेला आयोजना गरिरहेको छ ।