काठमाडौं । नेपाली कांग्रेसको विवादमा सभापति गगन थापालाई सर्वोच्च अदालतले मान्यता दिएपछि इतरसमूह छलफलमा जुटेका छन् ।
नेता पूर्णबहादुर खड्काको निवासमा नेताहरु अहिले बसिरहेका छन् । आजको छलफलपछि अब कसरी जाने भन्ने विषयमा कुराकानी हुने नेताहरुले बताएका छन् ।
बैठकमा नेता विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौलालगायत रहेका छन् ।
