काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज (केएमसी)को आईसीयूमा भर्ना भएका छन् ।
मिर्गौलामा समस्या देखिएपछि उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ । कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरी त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।
केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुन: भर्ना गरिएको हो ।
FACEBOOK COMMENTS